हजुरबा बन्दै नीर शाह, ‘हजुरबाले भनेथे’मा शीर्ष भूमिका

0 Shares

काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर नयाँ फिल्म ‘हजुरबाले भनेथे’ घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् । सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका लागि निर्माता शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकामा फाइनल गरेका हुन् ।

ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् । नवीन घायल कार्यकारी निर्माता तथा हिमाल भण्डारी सहनिर्माता रहनेछन् ।

फिल्ममा नीर शाह हजुरबाको भूमिकामा देखिनेछन् । उनका नातिको भूमिकामा कसलाई प्रस्तुत गर्ने भन्ने टुंगो भने लागिसकेको छैन । फिल्ममा दुई नायक र दुई नायिका रहनेछन् । अन्य कलाकार तथा प्राविधिक टिमको जानकारी निर्माण पक्षले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

माघमा फ्लोरमा जाने फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत जुम्लामा गरिनेछ ।

‘परान’पछि नीर शाह यस फिल्ममार्फत शीर्ष भूमिकामा देखिन लागेका हुन् । कमेडी तथा पारिवारिक कथामा आधारित फिल्मले दर्शकलाई धेरै हँसाउने र थोरै रुवाउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै