अमेरिकाको ड्यालसमा ‘प्रेम अध्याय’लाई दर्शकको साथ

0 Shares

नेपाली फिल्म ‘प्रेम अध्याय’ले अमेरिकाको ड्यालसमा दर्शकको साथ पाएको छ। टेक्ससस्थित इर्भिङ मलको एएमसी थिएटरमा फिल्मको विशेष प्रदर्शन गरिएको हो।

विदेशमा रहेका नेपालीमाझ नेपाली फिल्मको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित शोमा कलाकार सरोज खनाल र रामशरण चौधरी सहभागी थिए। प्रेम र सम्बन्धका भावनात्मक आयामसँगै एक्सनलाई पनि प्रस्तुत गरेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ।

चितवनका रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा रामशरण चौधरी र ऋचा थापा मुख्य भूमिकामा छन्। सरोज खनाल र मुकुन्द श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहेको छ।

किशोर चौधरीले लेखन तथा निर्देशन गरेको फिल्मका निर्माता किरण चौधरी हुन्। विष्णु परियारको छायांकन रहेको फिल्मको निर्माण नियन्त्रकमा मेसमान श्रेष्ठ र प्रणव छन्।

निर्माण टिमका अनुसार फिल्मलाई चाँडै नेपालमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ।

सम्बन्धित समाचार

सबै