
क्राइम थ्रिलर सिनेमा ‘११ : ५५’ (डु नट ट्रस्ट एनिवान)ले रिलिज मिति घोषणा गरेको छ ।
मंगलबार अग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सिनेमाले आफ्नो फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चैत्र ८ गते रिलिज हुने घोषणा गरेको हो ।
सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल फिचर भएका छन् ।
सिनेमामा पोस्टरमा फिचरभएका बाहेक बुद्धि तामाङ् र विशाल पहारीको पनि अभिनय रहेको छ ।
केशव पाण्डे सिनेमाका लेखक तथा निर्देशक हुन् । यो उनको डेव्यु निर्देन हो ।
सिनेमामा निर्देशक पाण्डेले लेखनमा एमएस अग्रज र शेखर ज्ञवालीसँग सहकार्य गरेका छन् ।
अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी तथा देव महर्जनको द्धन्द्व निर्देशन रहेको सिनेमामा राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन एवं सुवास राज काफ्ले प्रोडक्सन डिजाइनर रहेका छन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमाका निर्माता श्याम शर्मा र सरोजा शर्मा हुन् ।
यस्तै एमएस अग्रज कार्यकारी निर्माता रहेको सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।