यस्तो बन्यो छोरी पाल्ने बाबुको संघर्षको कथा ‘रंगी’को टिजर

0 Shares

‘रंगी’ सिनेमाको टिजर सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक १ मिनेट ३९ सेकेण्ड अवधिको टिजरले एक बाबुले छोरीका लागि गरेको संघर्ष पेस गरेको छ।

टिजरले सिनेमा निर्मातासमेत रहेका अभिनेता सलोन बस्नेत र बाल कलाकार आयुषी ढकालमा वरपर घुम्ने देखाएको छ ।

हाँसो, आँशु र पीडा मिश्रित टिजरमा छोरीले झ्यालबाट हेर्दै बाबुलाई पर्खिएको, फुड डेलिभरीको काम गर्ने सलोनले घाम र पानीको प्रवाह नगरी काम गरेको, छोरीलाई गरेको वाचा पूरा गर्न नसक्दा भावविह्वल भएको दृश्यले दर्शकलाई भावुक बनाउन सक्छ । टिजरको अन्तिममा एउटा कारले ठक्कर दिएपछि घाइते छोरीलाई लिएर सलोन चिच्चाएको दृश्य कारुणिक छ ।

सिनेमालाई डेब्यू निर्देशक सुरेश न्यौपानेले  निर्देशन गरेका हुन् ।

सिनेमामा सलोन र आयुषीका अलावा नम्रता श्रेष्ठ (पूर्व मिस नेपाल), दीलिप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय छ । सलोन स्वयं प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम हुन् ।

सिनेमामा सुमन गजमेरको स्क्रिप्ट लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द रचना, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर तथा कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

सम्बन्धित समाचार

सबै