अभिनेता बुद्धि तामाङ बने निर्माता, धिरज र मिरुनाको साथमा ‘कुस्ती’को बनाउँदै

0 Shares

तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने ‘कुस्ती’को सिनेमाको घोषणा भएको छ ।

सिनेमा अनिल योञ्जनको लेखन तथा निर्देशन रहनेछ भने प्रमुख कलाकारमा धीरज मगर र मिरुना मगर रहेका छन् ।

पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरिएको हो ।

सिनेमामा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने ‘कुस्ती’ले सम्बन्धमा रहेको एक जोडीको प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्देशक योञ्जनले बताएका छन् ।

‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ’, उनले भने ।

बुद्धी तामाङले कथावस्तु र टिमका कारण निर्माता बनेको बताएका छन् ।

उनले भने, ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी सिनेमाको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ ।’

सिनेमालाई काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले वितरण गर्नेछ । सिनेमा आउँदो वर्षको भाद्रमा प्रदर्शन हुनेछ ।

 

सम्बन्धित समाचार

सबै