
फागुन १४ गते रिलिज हुने सिनेमा ‘मायावी’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ ।
सिनेमाले ‘त्यो माया हो’ बोलको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार, नायक पल शाह र नायिका दीपिका प्रसाईंको प्रेम भावनालाई देख्न सकिन्छ ।
गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल बिष्टको शब्द र एसडी योगीकै संगीत छ।
गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
फिल्मको डीओपी राजु विक्रम थापा र सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
सिनेमामा स्क्रिप्ट र निर्देशन दिवाकर भट्टराइको छ।
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको सिनेमामा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् भने मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्माताको रूपमा रहेका छन्।
फिल्ममा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अञ्जु महर्जन, राजाराम पौडेल, रवि डंगोल, राम प्रसाई, दीपेन्द्र सिम्खडा र संगीता सिलवालको अभिनय देख्न सकिन्छ।
यस फिल्ममा शम्भुजित बास्कोटा र एसडी योगीको संगीत र साहिल खानको ट्रेलर छ। निर्देशक भट्टराइलाई विश्वास छ कि फिल्म ‘मायाबी’ले प्रेम र मित्रताको महत्त्वलाई दर्शकहरूमा प्रस्तुत गर्नेछ।
कमेडी, एक्सन र पारिवारिक फिल्महरू चलिरहेका समयमा नेपाली फिल्महरूले लभ स्टोरी फिल्मको अभाव महशुस गरेको छ। यसलाई ‘मायाबी’ले पूरा गर्ने अपेक्षा गर्न सकिन्छ।