रहेनन् सचिन परियार

0 Shares

बालगायक सचिन परियारको निधन भएको छ ।

परियारको उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे त्रिवि शिक्षण अस्पतालमा भएको अस्पतालले जानकारी दिएको छ।

सामाजिक संजालमा ‘के छ हजुर?’ भन्ने शैली र गायकीले चर्चा बटुलेर लाइमलाइटमा आएका १३ वर्षीय सचिन केही दिनदेखि आईसियूमा उपचारतः थिए ।

अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको त्यसयता कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।

यसअघि शल्यक्रिया गरेका सचिन आफ्नै बलमा उभिन नसक्ने बनिसकेका थिए ।

‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ लगायत उनले गाएका केही चर्चित प्रमुख गीत हुन् ।

अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेका सचिनले हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।

सम्बन्धित समाचार

सबै