0
Shares

‘मिसिङः केटी हराएको सूचना’को नयाँ गीत ‘सपनीमा’ रिलिज भएको छ ।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इन्दिरा जोशी र करण परियारको संयूक्त स्वर रहेको गीत रिलिज गरिएको हो । गीतमा शब्द तथा संगीत करूण थापाको सिर्जना हो ।
सिनेमा माघ ११ गते रिलिज हुँदैछ ।
गीतको भिडियोमा सिनेमाका दुई मुख्य कलाकार नाजिर हुसेन र श्रृष्टी श्रेष्ठ फिचर्ड छन् ।
रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा निशा राजभण्डारी र बन्दे प्रसादको सम्पादन छ भने सिनेम्याटोग्राफी मानकृष्ण महर्जनको हो ।
दीपेन्द्र गौचनको निर्देशित सिनेमा ट्रि–सिटी पिक्चर्सको प्रस्तुति हो । सिनेमाले तराईको एक केटा र काठमाडौंकी एक केटीको प्रेमकथा भन्छ ।