‘एक्टर: टेक वन’को नयाँ गीत ‘के भरोसा गरम’मा आना र दिव्यासँग रोमान्टिक बने प्रदिप

0 Shares

माघ १६ गते रिलिज हुने  ‘एक्टर: टेक वन’ सिनेमाले ‘के भरोसा गरम’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ भने गायनमा बस्नेतले इन्दिरा जोशीसँग सहकार्य गरेका छन् ।

गीतको भिडियोमा सुपरस्टार प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा, र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ ।

यस गीतमा त्रिकोणात्मक प्रेमकथा दर्साइएको छ ।।

सिनेमाका निर्देशक राजन भुसालले हुन् भने स्क्रिप्टमा उनले आकाश बरालसँग सहलेखन गरेका छन्।

प्रदिप, आना, र दिव्याका अलावा सिनेमामा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको ‘एक्टर: टेक वन’ कानिर्माता थमन कुमार भण्डारी हुन् भने क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल हुन् ।

सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । हर्कुलससहित सिनेमामा रोहित शाक्य, र एलिस कार्कीको संगीत रहेको छ ।

सम्बन्धित समाचार

सबै