
सर्वकालिन सफल सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा नयाँ सिनेमा ‘कोसेढुंगा’को घोषणा भएको छ ।
सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै निर्देशक पौडेलले आफ्नो आगामी निर्देशनको घोषणा गरेका हुन् ।
थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएको देख्न सकिन्छ ।
निर्माण पक्षका अनुसार सिनेमा २०८२ मा रिलिज हुनेछ ।नरदेवी फिल्मसको प्रस्तुति रहेको सिनेमामा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहने सिनेमा सुरेन्द्र पौडेलको सम्पादन हुनेछ । सिनेमामा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।
सिनेमाका लाहि कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहेका छन् । सिनेमाको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।
“सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।”
उनले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने सिनेमाको रेकर्ड राखिसकेको छ । करिब ५० करोड रुपैयाँ नेपाली बक्सअफिसबाट मात्रै कलेक्सन गरेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले यो सिनेमा प्रतिक्षित हुनेछ ।