‘ममी’को ‘म त यसै नक्कली’ गीत रिलिज, हेर्नुस् प्रियंका र दीयाको जोडदार नृत्य

0 Shares

‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीत एसडी योगीको संगीतमा तयार पारिएको हो ।  हर्क साउदले लेखेको गीतमा तथा रिकेश गुरुङको संगीत संयोजन रहेको छ।

गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको संयूक्त स्वर रहेको छ ।

गीतको भिडियोमा सिनेमाका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्केले प्रभावशाली नृत्य गरेका छन् ।

विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा निशाल पौडेलको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

हरर फ्यामिली ड्रामा ‘ममी’ले परिवारको प्रिय कुकुरको दुखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवारमा निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेस गर्छ ।

सिनेमा माघ २५ गते रिलिज हुनेछ । समर निरौला सिनेमाका निर्देशक हुन् । यसै सिनेमाबाट उनले निर्देशनमा डेब्यू गर्दैछन् ।

सिनेमामा प्रियंका तथा दीयाका अलावा सुलक्षण भारतीको मुख्य भूमिका रहेको छ ।

उनीहरुका अलावा सिनेमामा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमा समर निरौला र पूर्णिमा जोशीले संयूक्त रुपमा लेखेका हुन् ।

लोक राज जोशी तथा पूर्णिमा जोशी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा सुमन कोइराला हुन् ।

‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादक सुरेन महर्जन हुन् ।

यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।

सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

सम्बन्धित समाचार

सबै