हरर कमेडी ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

0 Shares

हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक भएको छ।

चलचित्र विकास बोर्डको हलमा आयोजित विशेष कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले फिल्मको कथावस्तुबारे झल्को दिन्छ। झन्डै तीन मिनेट लामो ट्रेलरमा गाउँघरमै बसेर विभिन्न पेशामा संलग्न चार युवाहरूको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्यशैलीमा प्रस्तुत गरिएको देखिन्छ।

ट्रेलर हेर्दा फिल्मले हरर शैलीमा नयाँ स्वाद दिने संकेत गर्छ। आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई नवीन भट्टले निर्देशन गरेका हुन्। ट्रेलर रिलिज कार्यक्रममा निर्माता तथा कलाकार मनोज अधिकारीले फिल्म फरक कथावस्तु र नौलो शैलीमा निर्माण गरिएको बताए।

फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, र पुष्प अवस्थी लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक भट्ट र सन्दीप श्रेष्ठले संयुक्त रूपमा फिल्मको स्क्रिप्ट लेखेका हुन्। ‘आज साइकल, भोलि फरारी’ भन्ने ट्यागलाइनसहित ट्रेलरले दर्शकलाई नयाँ स्वाद दिने संकेत गर्दछ।

मनोजकुमार अधिकारी यस फिल्मका निर्माता हुन्। फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत, र अनन्त घिमिरेको सम्पादन रहेको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गर्दैछ। साथै, फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले खरिद गरेको छ।

सम्बन्धित समाचार

सबै