सेभेन सिज इन्टरनेसनलले किन्यो ‘ऊनको स्वीटर’को अन्तर्राष्ट्रिय वितरण अधिकार

0 Shares

सेभेन सिज इन्टरनेसनलले ‘ऊनको स्वीटर’को अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।

अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वसहित माल्टा र मलेसियाका लागि उसले  अधिकार खरिद गरेको हो ।

सेभेन सिज इन्टरनेसनल नेपाली सिनेमाका अन्तर्राष्ट्रिय वितरक प्याट्रिक सुवेदी र रमेश ढकालको नयाँ वितरण कम्पनी हो।

‘ऊनको स्वीटर’ नेपालसँगै डायस्पोरामा पनि एकसाथ रिलिज हुने जानकारी वितरक सुवेदीले दिएका छन् ।

सिनेमा वैशाख २६ गते रिलिज हुनेछ ।

यसैगरी दक्षिण कोरियाका लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाका लागि ‘एमजीपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले राइट खरिद गरेका छन् ।

त्यस्तै बेलायतबाहेकका युरोपेली मुलुकमा मामा इभेन्ट्स’ र गुरुङ केएनएस इन्टरटेनमेन्ट र जापानमा ‘सेवा एलएल कम्पनी’ले सिनेमाको प्रदर्शन अधिकार किनेको छ ।

सिनेमाका निर्देशक नवीन चौहान हुन् ।

सिनेमामा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, र भावना खपाङ्गी मगरको अभिनय छ ।

आर्टमाण्डु प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाले १२ दिनअघि रिलिज गरेको सिनेमाको पहिलो गीत ‘मखमली’ले युट्युबमा चर्चा बटुलिरहेको छ । गीत ‍युट्युबमा छ ।

सम्बन्धित समाचार

सबै