‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

0 Shares

‘उजेली’ फेम निर्देशक दीपेन्द्र गौचन निर्देशित ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार सिनेमाको ५ मिनेट १६ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो । पूर्वनिर्धारित रिलिज मिति सरेपछि निर्माण पक्षले नयाँ ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलर फिल्मका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठको सेरोफेरोमा घुमेको छ ।

सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । यस्तै अमितेष शाहलाई विशेष भूमिका हेर्न सकिनेछ ।

सिनेमाको लेखक निर्देशक गौचन नै हुन् । सिनेमा माघ १६ गते रिलिज हुनेछ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको सिनेमाएप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

सिनेमा ट्राई सिटी पिक्चर्स व्यानरमा निर्माण भएको हो ।

सम्बन्धित समाचार

सबै