‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा राजन श्रेष्ठको स्वर छ, भने शब्द डम्बर विकलले लेखेका हुन्। संगीत रिमेश कुमार थापाले तयार गरेका छन्। नेपमेलो र टौवा स्टुडियोको संयुक्त प्रस्तुति रहेको यस गीतले प्रेम, संघर्ष, र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ।
गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन्। शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिन खोजेको छ। भिडियोमा पुष्प खड्काले नृत्यमार्फत प्रेमिकालाई फकाउने प्रयास गरेको दृश्य समावेश गरिएको छ, जसले प्रेमको आकर्षण र उत्साहलाई उजागर गर्छ।
भिडियोका कार्यकारी निर्माता बिशाल कार्की हुन् भने छायांकन बुद्ध थापाले गरेका छन्। भिडियोको सम्पादन बिबेक सुनारले गरेका हुन्।
‘हरामी हुन् मन छ’ बोलको गीत नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो गीतले दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ।