
‘वसन्त’ सिनेमाको पहिलो गीत सार्वजनिक भएको छ।
गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको सिनेमाको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्क’ बोलको गीतमा प्रकाश स्वयं र शान्तिश्री परियारको युगल स्वर छ।
गीतको शब्द र संगीत प्रकाश स्वयंको हो भने एरेन्जमेन्ट सुदीप सागरले गरेका हुन्।
भिडिओमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको साथमा प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्री लगायतका कलाकारलाई देख्न सकिन्छ।
भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।
‘गलबन्दी प्रोडक्सन’बाट निर्माण भभएकोसिनेमाको कथा र संगीत प्रकाश सपुतकै हो।
मोहन विश्वकर्मा र बिन्दु बोहोरा फिल्मका निर्माता हुन्।
यस्तै कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली रहेका छन्।
सिनेमाका मुख्य सह–निर्देशक सुनिल विक हुन् भने प्रोजेक्ट हेड दिल शिरीष हुन्।
सिनेमा आगामी चैत २२ गते (चैते दसैं) मा रिलिज हुनेछ।