
‘मायावी’को सिनेमाको नयाँ गीत रिलिज भएको छ ।
दुई हप्ताअघि ‘त्यो माया हो’ गीत सार्वजनिक गरेको सिनेमाले सोमबार दोस्रो गीत ‘टलटल टल्कियो’ सार्वजनिक गरेको हो ।
गीतमा एसडी योगी र रेश्मा पुनको युगल गायन, एसडी स्वयंको संगीत तथा राम अविरल विष्टको शब्द छ ।
सिनेमा फाहुन १४ गते रिलिज हुँदैछ ।
कविराज गहतराज गीतका कोरियोग्राफर हुन् ।
सार्वजनिक गीतको भिडियोमा पल शाह, दीपिका प्रसाईं, समीम खान, करिश्मा श्रेष्ठ, सुशील सिटौला लगायत फिचर भएका छन् ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमामा लक्ष्मी गिरी, प्रशान्त ताम्राकार, राजाराम पौडेल, अन्शु महर्जन, रवि डंगोल, राम प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाललगायतको पनि अभिनय छ ।
फिल्मले प्रेम, मित्रता र वियोगको कथा भन्नेछ ।
‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माता रहेका छन् भने प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता हुन् ।
यस्तै सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सिनेमाका सह-निर्माता छन् ।
सिनेमामा एसडी योगीका साथै शम्भुजित बाँस्कोटा समेतले संगीत दिएका छन् । राजु विक्रम थापाको डीओपी रहेको सिनेमाका संपादक मिलन श्रेष्ठ हुन् ।