‘पिताम्बर’को टिजरले कटायो मिलियन भ्यूज

0 Shares

चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरले रिलिज भएको २४ घण्टा नपुग्दै १ मिलियन अर्थात १० लाख भ्यूज पाएको छ ।

सोमबार सार्वजनिक गरिएको एक्सनप्रधान टिजरले २ हजार २ सयभन्दा बढी प्रतिक्रियासमेत पाएको छ।

फिल्मकी निर्देशक कृषा चौलागाईंले छोटो समयमा टिजरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउनु र १० लाखभन्दा बढी पटक हेरिनु फिल्म टिमका लागि निकै उत्साहजनक भएको बताएकी छन्।

दर्शकहरूले विशेषगरी फिल्मका प्रमुख कलाकारहरूको एक्सनलाई अत्यधिक मन पराएको निर्देशकले उल्लेख गरिन्।

निर्देशक कृषा चौलागाईंको निर्देशनमा तयार भएको यस फिल्मका निर्माता विशाल चौलागाईं हुन्।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको व्यानरमा निर्माण भएको यस फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले पनि अभिनय गरेका छन्।

फिल्मका सह-निर्माताहरूमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने, र आरोह चौलागाईं छन् भने सुमन गौतम कार्यकारी निर्माता हुन्।

पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका छन्। डीओपी पुरुषोत्तम प्रधान, छायांकन शेरबहादुर लामा र मानकृष्ण महर्जन, सम्पादन बन्दे प्रसाद, संगीत आशीष अविरल र बाबुल गिरी, तथा द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन्।

फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।

सम्बन्धित समाचार

सबै