‘लाज शरणम्’ निर्माण टिमले सार्वजनिक गर्यो ‘स्टार स्किम’ अफर

0 Shares

‘लाज शरणम्’ सिनेमाले आफ्ना दर्शक र प्रशंसकलाई सहभागी गराउन नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ।

यो अफरमा सिनेमाको शीर्षकमा आधारित भिडियो प्रतियोगिताको हुनेछ।

निर्माण पक्षका अनुसार प्रतियोगितामा सहभागी हुन चाहनेहरुले लोकपप, आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर, वा भाषण कलाका विधामा बढीमा दुई मिनेटको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ।

यसका लागि पाँचमध्ये कुनै एक विधा छनोट गर्न सकिनेछ। सहभागीहरूले भिडियो  ‘लाज शरणम्’को इमेल [email protected] मा पठाउन सक्नेछन्।

प्रतियोगिहरूका भिडियोहरू ‘लाज शरणम्’को आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ। भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।

यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ।

चलचित्रले केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत कथाको झलक देखाएको थियो। अन्य सामग्री नआउँदै चर्चा पाएको यस चलचित्रका टिजर र ट्रेलरलाई अझ प्रतीक्षित बनाएको छ।

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन्। सिनेमाको प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार रहेका छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार रहने छन्। चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन्।

‘लाज शरणम्’ले मनोरञ्जनसँगै सामाजिक र गम्भीर सन्देश दिने संकेत गरेको छ। चलचित्रले दर्शकको ठूलो प्रतिक्षा बटुलिरहेको छ।

सम्बन्धित समाचार

सबै