
फागुन २९ गते रिलिज हुने सिनेमा ‘अञ्जिला’ले आफ्नो पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरेको छ ।
राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको गीतमा राजनराजले गायनमा र मेलिना राईसँग स्वर भरेका छन् ।
गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।
भिडियोमा सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फिचर भएका छन् ।
भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।
मिलन चाम्सको निर्देशित ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित छ । यसमा एञ्जिला स्वयंले आफ्नो भूमिकामा अभिनय गरेकी छन् ।
निर्माता प्रेम कुमार श्रेष्ठले फिल्मबाट हुने कमाइले एञ्जिलाका लागि काठमाडौंमा घर बनाइदिने घोषणा गरिसकेका छन् ।
नेपाल प्रदर्शन अगावै यूके र हङकङमा प्रिमियर भइसकेको फिल्ममा दयाहाङ र एञ्जिलासहित सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतको अभिनय छ ।
फिल्मको सह-निर्मातामा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । सुदीप बरालले छायाङ्कन रहेको यो सिनेमाका सम्पादक मिलन श्रेष्ठ हुन् ।