‘डल्ले’ बन्दै सागर लम्साल ‘बले’, ‘डल्लेले इन्ट्री मार्याे’लाई लिए ३५ लाख

0 Shares

चर्चित हास्य कलाकार र मोडल सागर लम्साल ‘बले’ नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा अनुबन्धित भएका छन्।

राजु गिरीको निर्देशनमा निर्माण हुने यो फिल्ममा सागरले ३५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन्।

फिल्ममा सागर शीर्ष भूमिकामा देखिनेछन्, जहाँ उनी “डल्ले” नामक युवकको भूमिका निभाउँदैछन्। हास्य टेलिसिरिज ‘सक्किगो नि’ बाट व्यापक लोकप्रियता हासिल गरेका सागरले यसअघि ‘लोफर’ र ‘हैरान’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। सयौं चर्चित म्युजिक भिडियोमार्फत पनि उनले दर्शकको मन जितेका छन्।

उनको अभिनय रहेको अर्को फिल्म ‘लाज शरणम्’ आगामी १४ फागुनमा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ।

निर्देशक राजु गिरीका अनुसार, सागरको कुशल अभिनय, बजारमा उनको माग र चरित्रको उपयुक्ततालाई ध्यानमा राख्दै उनलाई शीर्ष भूमिकामा लिइएको हो।

“स्क्रिप्टको माग, सागरको लोकप्रियता र कलाकारिताको तुलनामा यो पारिश्रमिक उचित मात्र हो,” निर्देशक गिरीले भने।

लक्ष्मण सुवेदीको लेखन रहेको यस फिल्मको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ। फिल्मका निर्माता सावित्रा चिलुवाल, निर्मता बस्नेत, आशिष र आदर्श बस्नेत हुन्। उषा फिल्म्सको ब्यानरमा निर्माण हुने यो फिल्मलाई सोसियल कमेडी जनराको रूपमा प्रस्तुत गरिनेछ। अन्य कलाकार र प्राविधिक टिमको चयन प्रक्रिया केही साताभित्र पूरा हुने बताइएको छ।

सम्बन्धित समाचार

सबै