देशका १० शहरमा ‘दुखी आत्मा’ को ‘जोक जात्रा’

0 Shares

फागुन २ गतेबाट रिलिज हुँदै गरेको फिल्म ‘दुखी आत्मा’ को टिजर र ब्रेकअप कविताले दर्शकको मन जितिरहेको छ।

‘ब्रेकअप कविता’ ले सामाजिक संजालमा दर्शकको उच्च प्रतिक्रिया प्राप्त गरेको छ, जसको कारण निर्माण टोली उत्साहित छ।

अब, फिल्मको टिमले नाम चलेका कमेडियनहरूसँग सहकार्य गर्दै ‘जोक जात्रा’ नामक कार्यक्रमको आयोजना गर्ने भएको छ।

यो टुर देशका विभिन्न १० शहरमा हुनेछ। माघ ६ गते नेपालगञ्ज, माघ ८ गते बुटवल, माघ १० गते नवलपुर, माघ ११ गते चितवन, माघ १३ गते पोखरा, माघ १६ गते हेटौडा, माघ १७ गते दमक, माघ १९ गते विर्तामोड, माघ २० गते इलाममा यो कार्यक्रम आयोजना हुनेछ।

मोफसल टुर पछि काठमाडौंमा पनि यो कार्यक्रम हुनेछ। टुरमा फिल्मका कलाकारहरू पनि सहभागी हुनेछन्।

माघ ६ गतेदेखि सुरु हुने यो कार्यक्रम माघ २१ गतेसम्म चल्नेछ।

‘जोक जात्राः स्ट्यान्ड अफ कमेडी टुर’ नामक यो कमेडी शोमा ‘कमेडी च्याम्पियन सिजन ३’ का विजेता सुनिल खड्का, कर्मा सिंह लामा, सन्देश देवकोटा, निश्चल अर्याल र प्रतिक कुमार अधिकारीले आफ्नो प्रस्तुति दिनेछन्। उनीहरू सबैले ‘कमेडी च्याम्पियन’ मा आफ्नो उत्कृष्ट प्रस्तुति दिइसकेका छन्।

दीपेन्द्र लामाको निर्देशन र हिमाल कडरियाको निर्माणमा बनेको फिल्म ‘दुखी आत्मा’ मा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ।

सम्बन्धित समाचार

सबै