
‘जनै हराएको बाहुन’ नामक सिनेमा बन्ने भएको छ ।
पेपरक्लिप निर्माण कम्पनीले शुक्रबार औपचारिक रूपमा फिल्मको घोषणा गरेको हो। फिल्मका लागि उसले हिमाल न्यौपानेलाई निर्देशकमा अनुबन्ध गरेको छ ।
गर्दै हिमाललाई निर्देशकको रूपमा अनुबन्ध गरेको हो।
फिल्मले एक साधारण गाउँले व्यक्तिको शहरको यात्रा र त्यसका साथ उत्पन्न अनपेक्षित परिस्थितिहरू त्यसले जीवनमा आएका परिवर्तनहरूको कथा प्रस्तुत गर्नेछ।
निर्देशक हिमाल न्यौपानेले यो फिल्मलाई आफूले लामो समयदेखि देखेको सपना पूरा गर्ने अवसरको रूपमा देखेका बताएका छन्। यसअघि, उनले केही वृत्तचित्र र लघु फिल्म निर्देशन गरेको अनुभव छ ।
‘जनै हराएको बाहुन’ उनको पहिलो पहिलो फिचर सिनेमा हो ।
निर्माण कम्पनी पेपरक्लिपका प्रमुख विमल न्यौपानेले फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजाने जानकारी दिए।
यस वर्षको अन्त्यमा सिनेमा फ्लोरमा जानेछ। फिल्मका मुख्य भूमिकाका कलाकारहरू चयन भइसकेका छन् जसको जानकारि हाललाई निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
फिल्ममा अभिनेता विजय बराल को मुख्य भूमिका निभाउने प्रबल सम्भावना छ।