‘एक्लो’ को चरित्र चित्रमा ‘भिष्म’ बन्दा यस्तो देखिए विजय

0 Shares

साइन्स फिक्सन सिनेमा ‘एक्लो’ ले मुख्य पात्र विजय लामाको चरित्र चित्र सार्वजनिक गरेको छ।

पोस्टरमा विजय लामालाई ‘भिष्म’ नामक पात्रको रूपमा प्रस्तुत गरिएको छ। उनलाई लामो सेतो कपालसहित वृद्धको रूपमा देखाइएको छ।

प्रदीप शाही निर्देशित यस सिनेमामा यसअघि प्रदीप खड्का, कविता नेपाली तथा बेलायती अभिनेता जेमी बेकनको क्यारेक्टर लुक सार्वजनिक भइसकेको छ। सार्वजनिक पोस्टरहरूले दर्शकलाई प्रदीप शाहीले उच्च स्तरीय सिनेमा निर्माण गरिरहेका छन् भन्ने संकेत गर्छन्।

सिनेमाको स्टारकास्ट लाइनअपले पनि प्रदीप शाहीले यस सिनेमालाई विशेष बनाउन खोजेका छन् भन्ने बुझ्न सकिन्छ। सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ तथा बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहका साथै बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ।

यस सिनेमाका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, र बागवीर पुन रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन्।

बाबु श्रेष्ठको छायाङ्कन रहेको यस सिनेमामा राजु तामाङले द्वन्द्व निर्देशन गरेका छन्। सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा शुभराज कार्की र द्रोण प्रसाद पौडेल रहेका छन्।

सम्बन्धित समाचार

सबै