धिरजको इन्ट्रीसंगै पुरा भयो ‘माइतीघर’को लाइनअप

0 Shares

रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको सिनेमा ‘माइतीघर’मा कलाकारहरुको लाइनअप पुरा भएको छ । सिनेमाको मुख्य भूमिकामा नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा भएको हो ।

निर्माता रोहित अधिकारी र नायक धिरज मगरसँग कागजी संझौता भएको हो । सिनेमामा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । सिनेमामा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । सिनेमामा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । सिनेमामा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ ।

यो सिनेमाको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । सिनेमालाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दशैंमा एउटा शोज पाएपनि सिनेमा रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।

मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ । चन्द्रकुमार दोङको कथा रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । सिनेमाका कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

 

 

सम्बन्धित समाचार

सबै