‘सारंग’ सिनेमाको ट्रेलर सार्वजनिक

0 Shares

‘सारंग’ सिनेमाको ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार सार्वजनिक २ मिनेट २३ सेकेण्डको ट्रेलरले पारिवारिक कलहले बच्चामा पर्ने मनोवैज्ञानिक असर र समान उमेरका दुई अलग आर्थिक वर्गका बालकहरूको  मित्रतालाई प्रस्तुत गरिएको छ।

सिनेमामा अभिनेता उत्पल झा र  ऋचा शर्मा बाबुआमाको भूमिकामा देखिएका छन् ।

कोरियोग्राफरको प्रशान्त तामाङको डेब्यू लेखन तथा निर्देशन रहेको सिनेमामा ऋचा तथा उत्पलसहित सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की लगायतको अभिनय छ।

माघ २५ गते रिलिज हुने सिनेमाका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन्।

पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माताका रूपमा रहेका छन्।

सिनेमामा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको छायांकन र मित्र डी. गुरुङको सम्पादन छ।

सिनेमाले बाल मनोविज्ञान र धनी-गरिबबीचको बढ्दो खाडलको कथा देखाउने जनाइएको छ।

सम्बन्धित समाचार

सबै