एक्सन थ्रिलर ‘तान्डवम्’को टिजर सार्वजनिक

0 Shares

कलरिस्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको सिनेमा ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक भएको सिनेमाको टिजरले सिनेमाको कथा बारेमा प्रकाश पार्न खोजेको छ।

सिनेमाका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशक समेत रहेको अभिनेता जुनिम गहतराजको ‘भगवान पनि म हुँ, राक्षस पनि म हुँ’ संवादसँगै अन्त्य गरिएको छ। जसले सिनेमाप्रति दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ। सिनेमाको डार्क थिममा तयार पारिएको टिजरमा सबै प्रमुख पात्रलाई स्थान दिइएको छ।

महाशिवरात्रिको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ। सिनेमाले एक नवविवाहित जोडीको कथा प्रस्तुत गरेको छ, जसले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहेका हुन्छन्। उनीहरूको जीवनमा घट्ने अकल्पनिय घटनाले उत्पन्न हुने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन्। हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउण्ड म्युजिक रहेको छ। सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।

सम्बन्धित समाचार

सबै