बालबालिका लक्षित ‘नेपाल किड्स आइडल’ हुने, विजेतालाई १० लाख

0 Shares

जय मिडिया म्यानेजमेन्टको आयोजनामा बालबालिकालाई लक्षित गरी ‘नेपाल किड्स आइडल’ हुने भएको छ। आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्।

जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला तथा भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादूनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गरिने बताए। ‘हामी फागुनबाट अडिसन सुरु गर्छौं। माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकूल मौसमका कारण फागुनमा गर्न लागेका हौं,’ उनले भने।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख, र चौथोले २ लाख रुपैयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन्।

संस्थापक जय राज रायले शोका निर्णायक चाँडै सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार २८ एपिसोड रहने यो शो नेपालकै एक राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण हुनेछ।

 

 

सम्बन्धित समाचार

सबै