‘रंगी’ ले ल्यायो यस्तो टिकटक अफर

0 Shares

आगामी फागुन २ गतेबाट प्रदर्शन हुने ‘रंगी’ ले दर्शकका लागि विशेष अफर ल्याएको छ।

फिल्मको प्रचारप्रसारलाई लक्षित गर्दै ‘छ भने माया’ गीतमा टिकटक अफर सार्वजनिक गरिएको हो।

यस अफरअन्तर्गत बाबुछोरीको जोडीले उक्त गीतमा टिकटक भिडियो बनाउनुपर्नेछ।

फिल्मका प्रस्तुतकर्ता तथा प्रमुख कलाकार सलोन बस्नेतका अनुसार उत्कृष्ट टिकटक बनाउने पाँच बाबुछोरी जोडीले फिल्मको प्रिमियरमा कलाकारसँगै बसेर फिल्म हेर्ने अवसर प्राप्त गर्नेछन्। साथै, पुरस्कृत जोडीलाई राइनो लेदरको तर्फबाट आकर्षक उपहार पनि प्रदान गरिनेछ।

बाबुछोरीको सम्बन्धलाई चित्रण गर्ने यस फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ। सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको ‘रंगी’ सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण गरिएको हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माताका रूपमा रहेका छन् भने फिल्मको कथा सुमन गजमेरले लेखेका छन्। फिल्ममा सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत छ। आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीले स्वर भरेका छन्।

गीतमा दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द रहेको छ भने प्रिज्मा श्रेष्ठले मेकअप गरेका छन्। रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलले सङ प्रोग्रामिङ गरेका छन्। फिल्मको पब्लिसिटी डिजाइन आइक्याच स्टुडियोले गरेको हो भने सम्पादन बन्दे प्रसादले गरेका छन्। रंग संयोजन (कलर) राजेन्द्र मोक्तानले गरेका छन्।

कोरियोग्राफी कविराज गहतराज र शिशिर खातीले गरेका छन् भने केवलमान सिंह बस्नेतले फिल्मको प्रोडक्सन गरेका छन्।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

सम्बन्धित समाचार

सबै