मिलन चाम्स १० औं सिनेमाको तयारीमा, पस्किनेछन् प्रेमकथा

0 Shares

मिलन चाम्सको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ।

‘बिर बिक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’, ‘बबी’ जस्ता फरक-फरक शैलीका चलचित्र निर्देशन गर्दै आफूलाई अब्बल निर्देशकको रूपमा प्रमाणित गरिसकेका निर्देशक चाम्सको नयाँ चलचित्र लभ स्टोरी विधामा बन्नेछ।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्र राजीव थापाको लेखनमा तयार गरिंदैछ।

चलचित्रको शीर्षक (टाइटल) अर्को साता सार्वजनिक गरिने निर्माण टिमले बताएको छ। प्रेमकथामा आधारित यो चलचित्रको छायांकन आगामी अगस्ट महिनामा लण्डन र नेपालमा गरिनेछ।

चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताएका छन्। साथै, चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा छ।

सम्बन्धित समाचार

सबै