‘जनै हराएको बाहुन’ को मुख्य भूमिकामा अनुबन्धित भए विजय

0 Shares

अभिनेता विजय बराल सिनेमा जनै हराएको बाहुन को मुख्य भूमिकामा अनुबन्धित भएका छन्।

विजयले सिनेमाको कथावस्तु मन परेकाले यसमा काम गर्न तयार भएको बताएका छन्।

हिमाल न्यौपानको डेब्यु निर्देशनमा निर्माण हुने सिनेमाका असोसिएट निर्देशक प्रेमगीत ३ का अभिनेता मनिष राउत हुन्। मनिष यस सिनेमाबाट अभिनयसँगै निर्देशनमा पनि पहिलो कदम बढाउन लागेका छन्।

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको यो नयाँ र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

सिनेमाले गाउँबाट सहर आएको एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थितिहरू र ती परिस्थितिहरूले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेर कथालाई अघि बढाउनेछ। निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजनेछ।

सिनेमाको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्। सिनेमामा नवीन गुरुङ छायांकारका रूपमा, क्रियटिभ निर्देशकको रूपमा सम्राट महर्जन (ज्याक), र भिएफएक्स सुपरभाइजरको रूपमा मयंक निरौला कार्यरत छन्।

सिनेमाका अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनमा सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायांकन सुरु गर्ने लक्ष्य राखिएको यो सिनेमा २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै