‘मिस्टर एन्ड मिस नेसनल नेपाल को चौथो संस्करण सुरु हुने

0 Shares

फागुन ३ गतेबाट ‘मिस्टर एन्ड मिस नेसनल नेपाल को चौथो संस्करण हुने भएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको घोषणा घोषणा गरिएको हो ।

सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणको अडिसन फागुन ३ गतेबाट सुरु हुने बताउनुहुँदै सो अडिसन काठमाडौं उपत्यकासहित बिराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगञ्ज र धनगढीमा हुने जानकारी दिनुभयो ।

उपाध्यायका अनुसार अडिसन फागुन १८ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक नोभेम्बर क्लोथिङ रहेको जानाकरी सो कार्यक्रममा दिइएको थियो ।

सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको काठमाण्डौँ अडिसनमा मिस ग्लोबकी विजेता डायना उपस्थित हुनुहुनेछ । उहाँले माघ २९ देखि फागुन ४ गते सम्म अडिसनमा जजको रुपमा सहभागिता जनाउनुहुनेछ ।

यसका साथै प्रतियोगिता जलवायु परिवर्तनको जनचेतनाका लागि वल्र्ड युथ फेस्टिभलसँग सहकार्य गर्दें काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे शो गर्ने जानकारी पनि सो पत्रकार सम्मेलनमा दिइयो ।
मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तराष्ट्रिय फ्रेन्चाइज छन् ।

मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वल्र्ड रहेका छन् । जुन मिस्टर एण्ड मिस नेसनल नपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो ।

अघिल्लो संस्करणमा सजिना खनाल मिस सुप्रा नेसनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेसनल घोषित हुँदा मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगाना, क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेशनल नेपाल र मिलन भट्टराई मिस्टर टुरिजम वल्र्ड हुनुभएको थियो ।

पोल्याण्ड भएको मिस्टर सुप्रा नेसनल धीरजकाजी बस्नेत टप २०, मिस सुप्रा नेसनल सजिना खनाल इन्फुलुएन्सर विधाको टप ६ मा पुग्न सफल हुनुभएको थियो ।

त्यसैगरी अल्बेनियामा मिस ग्लोब नेपाल मोनिका अधिकारी टप १५ स्थान पुग्नुहुँदा इजिप्टमा भएको मिस इन्टरकन्टिनेन्टल आयुष्नोभा ढुंगाना र थाइल्याण्डमा भएको मिस्टर इन्टरनेशनल क्षितिज श्रेष्ठ क्षेत्रीले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

यसैगरि, यही माघ २८ गते भियतनाममा हुने मिस्टर टुरिजम वल्र्डका लागि मिलन भट्टराईले नेपालको प्रतिनिधित्व गर्नुहुँदैछ ।

सम्बन्धित समाचार

सबै