अदालती प्रक्रिया सकियो, रिलिजमा आयो ‘एक्टर: टेक वन’

0 Shares

प्रतिलिपि अधिकार मुद्धाका कारण रिलिजको एकदिन अगाडि अदालतले सार्वजनिक प्रदर्शनमा ‘एक्टर: टेक वन’ माथि लगाएको रोक फुकुवा भएको छ ।

शुक्रवार बिहान अदालतबाट मुद्दा फिर्ता गरिएसँगै चलचित्र देशव्यापी रिलिजमा आएको हो ।

अदालती प्रक्रियाको कारण हलहरूले बिहानको शो खुलाएका थिएनन् । मुद्दा फिर्ता भएपछि भने उनीहरुले दिउसोनाट सिनेमालाई प्रदर्शन गर्न थालेका हुन्।

नाम मिलेको विवादको विषयलाई लिएर ‘एक्टर’ र ‘एक्टर: टेक वन’ चलचित्रका निर्माताबीच विवाद चल्दै आएको थियो ।

बिहीबार सहमति भएपछि ‘एक्टर: टेक वन’का निर्माता पत्रकार सम्मेलन गर्दै शुक्रवारदेखि रिलिज हुने जनाएका थिए ।

राजन भुषाल निर्देशित सिनेमामा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

सम्बन्धित समाचार

सबै