चलचित्र विकास बोर्डद्धारा क्यान्सरपिडित चलचित्रकर्मी राजन थापालाई नगद एक लाख आर्थिक सहयोग ।

0 Shares

लचित्र विकास बोर्डले आज क्यान्सरपिडित कलाकार राजन थापालाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

४ दशकदेखि नेपाली कलाकारितामा सकृय रहेका थापालाई विगत १ बर्षदेखिआान्द्रामा क्यान्सर भई आर्थिक अभाव झेल्दै गरेकोले चलचित्रकर्मी कल्याणकोष सञ्चालन समितिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका हुन् ।

कोषको संयोजक कलाकार बसुन्धरा भुसाल हुन् ।

२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ ईन्द्रावति, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् ।

आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाइ भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको हो ।

सम्बन्धित समाचार

सबै