
काठमाडौं। चलचित्र ‘हन्टर’ को मुख्य पात्र अरुण क्षेत्री को क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ। यो लुक्स अरुणको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावपूर्ण अवस्थामा देखिएका छन्। उनको अनुहारमा रगत लागेको छ, जसले उनलाई एक्शन भूमिकामा देखाउने संकेत गर्दछ।
श्रीकृष्ण जन्माष्टमी को अवसरमा निर्माणको घोषणा गरिएको यो चलचित्रमा अन्य कलाकारहरूको नाम हालसम्म निर्माण पक्षले सार्वजनिक गरेको छैन।
जीवन सिंह ले यो चलचित्रको निर्देशन गर्नेछन्, र यो उनको डेब्यू फिल्म हो।
क्याच कक इन्टरटेनमेन्टद्वारा प्रस्तुत चलचित्र ‘हन्टर’ सुदूरपश्चिमको कथामा आधारित हुनेछ। निर्देशक सिंहका अनुसार, यो चलचित्र एक एक्शन इन्टरटेनर हुनेछ।
‘हन्टर’ चलचित्र रियल पात्र को कथाबाट प्रेरित हुनेछ, तर सिनेमामा सिनेम्याटिक लिबर्टी पनि हुनेछ।
जीवन सिंह ले भने, “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ, जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ।”
यो चलचित्र ट्राईडेन्ट कन्सेप्टसंगको सहकार्यण हुँदैछ। ममता सिंह र राज ए भट्ट निर्माता रहेको यस फिल्मका मनीष चन्द र गोविन्द राज सह-निर्माता छन्। कार्यकारी निर्माता रोयल भिमसेन रहेका छन्।
यस चलचित्रको छायांकन पश्चिम नेपाल मा हुनेछ, र यो प्रि–प्रोडक्सनमा रहेको छ।