0
Shares
चलचित्र ‘वीर बिक्रम’, ‘लिली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’ जस्ता फरक फरक जनराका चलचित्र निर्देशन गरेर आफूलाई एक योग्य निर्देशकको रूपमा प्रमाणित गरिसकेका निर्देशक मिलन चाम्सले अब लभ स्टोरी जनराको चलचित्र निर्देशन गर्न लागेका छन्।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यस चलचित्रको नाम ‘सुम्निमा’ राखिएको छ। नाम सुन्दा नारीको कथा लागेको जस्तो लागे पनि, चलचित्र पूर्णतया एक प्रेमकथा हुने निर्देशक चाम्सले बताए।

राजीव थापाको लेखनमा बन्न लागेको यो चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताइएको छ।
चलचित्रको कलाकार र प्राविधिक टिम चयनको प्रक्रिया चलिरहेको जानकारी निर्देशक चाम्सले दिएका छन्। चाम्सले निर्देशन गरेको अर्को चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।