
९ वर्षदेखि लगातार आयोजना हुँदै आएको अबिवाहित तथा विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस ब्युटिफुल नेपाल” यस वर्ष पनि सञ्चालन हुने भएको छ।
दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियो को आयोजनामा काठमाडौंमा हुने मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४ का लागि छनोट प्रक्रिया आगामी फागुन १९ गते नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हल मा अडिसनमार्फत सम्पन्न गरिनेछ। यसबारे जानकारी आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डे ले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिए।
उनका अनुसार, अडिसनमा सहभागी प्रतियोगीहरूको छनोट नेपालका ख्यातिप्राप्त व्यक्तित्वहरू सम्मिलित निर्णायक मण्डलले गर्नेछ। प्रतियोगिताका विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता मा भाग लिन पाउने साथै चलचित्र, म्युजिक भिडियो र विज्ञापन मा काम गर्ने अवसर प्राप्त गर्नेछन्।
आयोजक तथा वरिष्ठ मेकअप आर्टिस्ट टेकराज पाण्डे का अनुसार प्रतियोगिताबाट छनोट भएका प्रतियोगीहरूलाई इन्द्रेणी सुइट होटल मा सञ्चार दक्षता, एमसिइङ, सार्वजनिक बोल्ने कला, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास लगायत विभिन्न विषयमा विज्ञहरूले एक महिना लामो विशेष प्रशिक्षण दिनेछन्।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरूलाई फिटनेस, योग, स्पा, सेल्फ-मेकअप क्लास, फेशन क्लास लगायतका गतिविधिमा समेत सहभागी गराइनेछ।
कमलादीस्थित सिटी सेन्टरको फुड कोर्ट मा आयोजित पत्रकार सम्मेलनमा ख्यातिप्राप्त हास्य अभिनेता राजाराम पौडेल ले महिलाहरूको सशक्तीकरणमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।
लोकप्रिय गायक आनन्द कार्की ले महिलाहरूको आन्तरिक क्षमताको विकासका लागि मिस एण्ड मिसेस ब्युटिफुल नेपाल एक बलियो प्लेटफर्म भएको बताए।
प्रतियोगिताका अफिसियल कोरियोग्राफर अश्विनी कान्त झा ले दुबै विधाका प्रतियोगीहरूका लागि यो प्रतियोगिता जीवनोपयोगी अनुभव हुने धारणा राखे।
मिसेस ब्युटिफुल नेपाल २०२४ विजेता विजय अधिकारी ले प्रतियोगिताले महिलाहरूको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको अनुभव सेयर गरिन्।
त्यस्तै, मिस ब्युटिफुल नेपाल २०२४ सजिना तामाङ ले प्रतियोगिताले महिलाहरूलाई आफ्नो भित्रको अन्तरनिहित प्रतिभा उजागर गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताइन्।
आयोजक टेकराज पाण्डेका अनुसार प्रतियोगिताबाट शीर्ष उपाधिसहित विभिन्न उपउपाधि समेत प्रदान गरिनेछ।