सलोनको ‘रंगी’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

0 Shares

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म रंगी ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ।

फिल्मले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो। ‘यू’ सर्टिफिकेट पाएपछि यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म विशेष गरी बाबुछोरीको कथामा आधारित छ। फिल्मको पोस्टर, टिजर, ट्रेलर र गीतले राम्रो हाइप पाएको हुँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुशी छ। प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए।

आगामी फागुन २ गते रिलिज हुने फिल्ममा सुरेश न्यौपानेको निर्देशन रहेको छ। फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। फिल्म रंगी सलोनको डेब्यू निर्माण हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै