‘लाज शरणम्’ले रिलिज गर्‍यो बालेनको स्वरमा ‘नेपाल हासेको…’

0 Shares

‘लाज शरणम्’ सिनेमाले काठमाडौं महानगरपालिकाका मेयर एवं र्‍यापरसमेत रहेका बालेन शाहको स्वर रहेको ‘नेपाल हासेको…’ बोलको गीत रिलिज गरेको छ ।

‘गीतको स्वरसँगै संगीत र शब्द पनि स्वयं बालेनकै हो ।

यो गीत बालेन आजभन्दा १० वर्ष अगाडि रिलिज गरिसकेको गीत हो । त्यो बेलामा उनले समयमे संविधान बनोस् भन्ने कामनासहित यो गीत सार्वजनिक गरेका थिए ।

आज सार्वजनिक गरिएको गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका छन्।

गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, बविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेले फिचर भएका छन् ।

सार्वजनिक गीतले ‘लाज शरणम्’ सिनेमाको हाइप अझ बढाउने अपेक्षामा निर्माण टिम रहेको छ।

सिनेमा फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुनेछ  ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको सिनेमा हो। लेखक, कलाकार र निर्देशकसम्म यो सिनेमामा ‘सक्किगोनि’ टिमको योगदान छ।

सिनेमाको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन् भने सिनेमालाई कुमार कट्टेलले निर्देशन गरेका हुन्  ।

धुर्मुससँगै सिनेमामा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूको अभिनय छ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस सिनेमाको निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्।

 

सम्बन्धित समाचार

सबै