यस्तो बन्यो ‘ताण्डवम्’ सिनेमाको ट्रेलर

0 Shares

फागुन ९ गते रिलिज हुने ‘ताण्डवम्’ सिनेमाले ट्रेलर रिलिज गरेको छ ।

आज सार्वजनिक गरिएको २ मिनेट ५  सेकेण्ड लामो ट्रेलरले सिनेमाले बदलाको कथा बोकेको देखाएको छ ।

सिनेमा एक नवविवाहित जोडीको कथामा  आधारित छ। यसले आफ्नो पहिलो सन्तानलाई जन्म दिने तयारी गरिरहेका बेला उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाहरूले ल्याउने उतारचढावलाई पारिवारिक र एक्सन थ्रिलर शैलीमा प्रस्तुत गर्नेछ ।

क्लरिष्ट जुनिम गहतराजको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामापुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।

सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

सम्बन्धित समाचार

सबै