‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बर

0 Shares

चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो।

यो समाचार तयार पार्दासम्म यो गीतले यूट्यूबमा झण्डै ९ लाख २४ हजार भ्यूज पाइसकेको छ। यस्तै भिडियोले १ लाख ५० हजार लाइक र १२ हजार भन्दा बढि कमेन्ट पाइसकेको छ ।

‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ। गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ। कोरसमा अन्य कलाकारहरूको पनि स्वर सुनिन्छ, जसमध्ये सारा खड्गी, मानुसी पौडेल, कृषा खड्का आदिको नाम लिन सकिन्छ।

यो गीत बालेनको मेयर पद सम्हालेपछि गाएको पहिलो गीत हो। ‘लाज शरणम्’ चलचित्रको लागि रिलिज गरिएको यो गीतलाई प्रोमोसनल सङको रूपमा प्रस्तुत गरिएको छ, जसले चलचित्रको हाइप थप बढाएको छ।

यसअघि ‘लाज शरणम्’ले ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो। ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमद्वारा निर्माण गरिएको चलचित्र हो, जसमा लेखक, कलाकार, र निर्देशक सबै ‘सक्किगोनि’ टिमका सदस्य छन्।

चलचित्रको मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ छन्, र यसलाई कुमार कट्टेलले निर्देशन गरेका छन्। ‘सक्किगोनि’ टिमका अन्य कलाकारहरू जस्तै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू पनि चलचित्रमा अभिनय गरेका छन्।

सिनेमालाई जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको हो, र यसका निर्माता नवीन श्रेष्ठ हुन्, भने राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन्।

‘लाज शरणम्’ यो वर्षको प्रतिक्षित सिनेमामा पर्छ र फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुनेछ।

 

सम्बन्धित समाचार

सबै