गायक यश कुमारले सांगीतिक सिनेमा ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरे

0 Shares

गायक यश कुमारले आफ्नो नयाँ सांगीतिक सिनेमा ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन्। सोमबार, राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले २० मिनेट लामो सांगीतिक सिनेमाको भिडियो सार्वजनिक गरे।

नयाँ सांगीतिक सिनेमाको भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै, गायक यश कुमारले संगीत क्षेत्र बिना नै अधुरो हुने बताए। विगत तीन दशकदेखि उनले नेपाली संगीत क्षेत्रमा फरक गीत र संगीत मार्फत आफूलाई स्थापित गरेको कुरा पनि उनले व्यक्त गरे।

यस गीतमा गायक यश कुमार र स्मिता प्रधानको स्वर रहेको छ। भिडियोमा समेत उनीहरुले अभिनय गरेका छन्। सार्वजनिक गीतको शब्द रचना, संगीत, र भिडियो निर्देशन पनि गायक यश कुमारले गरेका हुन्। भिडियोमा यश र स्मितासँगै रमिला मोक्तान, रेशम बुढाथोकी, र कल्याण ढुंगानाको पनि अभिनय रहेको छ।

दिनेश पराजुली एण्ड टिमको छायांकन रहेको भिडियोका प्रोडक्सन डिजाइनर करण सिंह र सम्पादक विकास धमाला रहेका छन्।

 

सम्बन्धित समाचार

सबै