
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को छायांकन मंगलबारबाट सुरु भएको छ। फिल्मको मुर्हत र छायांकन अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा गरिएको हो। फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन्, र फिल्मको प्रस्तुतकर्ता रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी रहेका छन्।
निर्देशक बस्नेतका अनुसार, कलाकारहरू आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट गरेका थिए। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, बिनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय रहनेछ।
फिल्मको निर्माता ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा रहेका छन् भने पिआइसिका गणेश केसी कार्यकारी निर्माता हुन्।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ। निर्देशक बस्नेतले फिल्मको छायांकन अस्ट्रेलियाका विभिन्न सहरहरूमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए।