‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

0 Shares

गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको नयाँ गीत ‘लभ पर्‍या छ’ सार्वजनिक भएको छ।

गायक खातीका शब्द र संगीतमा आधारित यस गीतको संगीत संयोजन एचविएन किस्मतले गरेका छन्।

बिक्रम चौहानको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाहीको अभिनय देख्न सकिन्छ। अभिनेता गिरीले यसअघि करिब आधा दर्जन सिनेमामा काम गरिसकेका छन्।

सार्वजनिक भिडियोले एक युगल जोडीको प्रेमलाई दर्शाउँछ। गीतमा प्रेममा रहेको जोडीले आफ्नो सम्बन्ध घर र समाजबाट लुकाउन गरेको आपसी समझदारीको विषय उठाइएको छ।

जीवनभर एकअर्कालाई साथ दिनको निर्णय गरेका युवायुवती परिवारसँग भने डराएर आफ्नो सम्बन्ध गोप्य राख्नुपर्ने नेपाली समाजको यथार्थलाई गीतले चित्रित गरेको छ।

सम्बन्धमा नजिक भएता पनि शारीरिक रूपमा नजिकिन डराइरहेका युवायुवतीको कथा पनि यस गीतमा समावेश गरिएको छ।

प्रकाश खड्काले छायांकन गरेको यो भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।

 

सम्बन्धित समाचार

सबै