‘अन्जिला’को टिजर सार्वजनिक

0 Shares

नेपालको राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथामा बनेको ‘अन्जिला’ सिनेमाको टिजर सार्वजनिक भएको छ ।

फागुनको २९ गते रिलिज हुने फिल्मको टिजरले एक एन्जिलाको संघर्ष र सफलताको कथा पेस गर्छ ।

सिनेमालाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।

टिजरमा एन्जिलाको जीवनको दुःख, संघर्ष र दौडको कथालाई प्रस्तुत गरिएको छ ।

सिनेमामा दयाहाङ राई, एन्जिला सुब्बा, श्रृजना सुब्बा, माओत्से गुरुङ, विजय बराल, वुद्दि तामाङ, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ ।

प्रेम कुमार श्रेष्ठको लगानी रहेको फिल्ममा सुदिप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले संयूक्तरुपमा यो सिनेमा लेखेका हुन् ।

सिनेमामा राजन राज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ ।

सम्बन्धित समाचार

सबै