हेर्नुस् ‘११:५५’ (डू नट ट्रस्ट एनिवान) का यी पाँच चरित्र, को कस्तो देखिए ?

0 Shares

अगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘११:५५’ (डू नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।

बुधबार फिल्मका ५ मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो।

फिल्मका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यू अभिनेता सागर खनालको लुक्समा उनीहरूले निभाएका भूमिकाअनुसार प्रस्तुत छन्। क्राइम थ्रिलर जनरामा बनेको यो फिल्मको लेखन र निर्देशन केशव पाण्डेले गरेका छन्। यो उनको डेब्यू निर्देशन सिनेमा हो। फिल्ममा केशव पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा सिनेमामा रहेका छन्।

बिचित्र फिल्म्स र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकहरूले हेर्न पाउनेछन्। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्।

फिल्मलाई कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै