
अहिले हामी भ्यालेन्टाइन्स सप्ताहमा छौं। फेब्रुअरी ७ देखि सुरु भएको यो सप्ताह आगामी १४ फेब्रुअरी अर्थात् फागुन २ गते शुक्रबारसम्म जारी रहनेछ। १४ फेब्रुअरीलाई भ्यालेन्टाइन्स डेको रूपमा मनाइन्छ, जसलाई माया गर्नेहरूको दिनको रूपमा परिभाषित गरिएको छ। नेपालमा पनि यस अवसरमा विभिन्न रमाइला र मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिन्छ।
यसै बीच, दरबारमार्गस्थित मधुशाला गीत गजल रेष्टुराँ एण्ड बार ले भ्यालेन्टाइन्स डेको अवसरमा एक विशेष सांगीतिक कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ। लोकप्रिय गायक धीरज राईले मधुशालामा प्रेमिल गीतहरूको प्रस्तुति दिँदै उपस्थित मायालु जोडीहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्।
मधुशाला गीत गजलका अध्यक्ष गंगाराज राईका अनुसार, गायक धीरज राईले मधुशालाको हाउस ब्याण्डसँग मिलेर आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्ने तयारी गरेका छन्। सोलो कन्सर्टमा गायक धीरज राईले तिम्रा नयन, लुकी लुकी, सोइ ढोले सोइ, तिमी रुँदा, पर्खि रहेछु, कि बाँच्न देउस लगायतका आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
मधुशालाका सञ्चालक जोर्डन राजभण्डारीका अनुसार, उक्त विशेष कार्यक्रमको उद्घोषकको रूपमा सुशिल नेपाल रहनेछन्। इभेन्ट बेटर ग्यालेक्सी द्वारा व्यवस्थापन गरिने कार्यक्रममा सहभागी हुने मायालु जोडीहरूलाई मधुशालाले सरप्राइज गिफ्ट र विशेष छूट प्रदान गर्ने घोषणा गरेको छ।
मधुशालाका अर्का सञ्चालक अमित श्रेष्ठका अनुसार, भ्यालेन्टाइन्स डेमा मधुशालामा आउने जोडिहरूलाई केही सरप्राइज खेलहरू पनि खेलाइने छन्। यस खेलमा विजयी हुने जोडीलाई विशेष उपहार र छूट प्रदान गरिने छ।
यस भ्यालेन्टाइन्स विशेष सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि रेष्टुराँले टेबल बुकिङ अब खुल्ला गरेको जनाएको छ। १४ फेब्रुअरीको कार्यक्रमको लागि रेष्टुराँको फोन नम्बर 01-5918358 वा 9813253366 मा सम्पर्क गर्न सकिनेछ।