सलोनको ‘रंगी’ले प्रिमियरमा पायो सकारात्मक प्रतिक्रिया(फोटोफिचरसहित)

0 Shares

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म रंगी ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। भोलि शुक्रबारदेखि रिलिज हुने यो फिल्मको प्रिमियरमा उपस्थित फिल्मकर्मीहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन्।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म विशेषत: बाबुछोरीको कथामा आधारित छ। फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौला, कलाकार निर्मल शर्मा, दीपक आचार्य ‘काकु’, कमेडियन भरतमणि पौडेल, कोरियोग्राफर गम्भीर विष्ट, निर्देशक ज्ञानेन्द्र देउजालगायतले फिल्मको कथावस्तु मन परेको बताएका छन्। उनीहरूले बाबुछोरीको सम्बन्ध, कलाकारको अभिनय, प्राविधिक र निर्देशकीय पक्षको तारिफ गरे।

फिल्ममा सुरेश न्यौपानेको निर्देशन छ। यसमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहेको छ। रंगी सलोनको डेब्यू निर्माण हो।

फिल्मको निर्माण सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमले गरेका छन्। फिल्मको लेखन सुमन गजमेर, छायांकन सौरभ लामो, संगीत दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसी, स्वर आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसी, शब्द दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको छ। सम्पादन बन्दे प्रसाद, कलर राजेन्द्र मोक्तान, कोरियोग्राफी कविराज गहतराज र शिशिर खाती, र प्रोडक्सन केवलमान सिंह बस्नेतको हो।

फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

सम्बन्धित समाचार

सबै