
कर्मा सिनेमाको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
निर्माणपक्षले फिल्मका मुख्य कलाकारलाई फिचर गर्दै दुईवटा पोस्टर जारी गरेको हो।
पोस्टरमा विपीन कार्कीलाई ब्ल्याक जिन्स र फिट बडीमा प्रस्तुत गरिएको छ। हातमा सर्ट गन बोकेको उनको लुक्सअनुसार उनी बदला लिनको भावमा देखिन्छन्।
उनको गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा सर्ट गनले उनलाई एक्शन भूमिकामा रहेको स्पष्ट संकेत गर्छ। पोस्टरमा प्रयोग गरिएको रंगले पनि एक्सनको संकेत गर्दछ।
पोस्टरमा रहेको स्लोगन “What goes around, comes around” ले पनि बदलाको मनोवृत्तिमा रहेका मुख्य पात्रको संकेत गर्दछ। यस स्लोगनबाट कर्मा फिल्म एक सिचुएशनल एक्शन जनराको भएको सामान्य अनुमान लगाउन सकिन्छ।
यदि निर्माणपक्षको दाबी र पोस्टरको संकेत सही हो भने, यो फिल्म एक्शन जनरामा आधारित हुनेछ र यसमा विपीन पहिलोपटक देखिनेछन्। यसले दर्शकमा थप रोमाञ्चकता ल्याउने अपेक्षा गरिएको छ।
कर्मालाई ‘अगस्त्य’ फेम निर्देशक सौरभ चौधरीले निर्देशन गरिरहेका छन्।
यो फिल्म चैत २९ गते रिलिज हुने छ। कर्मामा विपीन कार्कीका साथै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव र अन्य कलाकारहरूको अभिनय रहेको छ।
मुकुन भुसाल यस फिल्ममा नेगेटिभ क्यारेक्टरमा देखिनेछन्। एक्सन ड्रामा जनरामा निर्माण भइरहेको यो फिल्मको कथा स्वयं निर्देशक चौधरीले लेखेका हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको कर्मामा वसन्त लम्सालको लगानी रहनेछ। निर्देशक चौधरीको अगस्त्य: च्याप्टर १ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।