भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ घोषणा गरिएको छ।
कर्ण बहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गर्नेछन्, भने प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन्।
बालकुमार राई र श्याम मगरको निर्माण रहने फिल्मको पोस्टर शुक्रबार सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माणको घोषणा गरिएको हो।
पोस्टरमा पहाडी भेगमा भारी बोकेर ओरालो झर्दै गरेको एक भरियाको चित्रण गरिएको छ, जसले फिल्म ग्रामीण जीवनशैलीमा केन्द्रित रहने संकेत गर्छ।
निर्देशक बस्नेतका अनुसार फिल्मले ग्रामीण भेगका भुइँमान्छेको कथा प्रस्तुत गर्नेछ।
उनले भने, “हाम्रो मुख्य पात्र भरिया हो। ऊ गाउँभरिका सबैलाई सहयोग गर्दै भारी बोकेर आफ्नो जीविकोपार्जन गर्छ। उसले सबैको मन जितेको मान्छे हो।”
फिल्मको छायांकन डम्बरबहादुर राईले गर्नेछन् भने कथा अजित लामिछानेले लेखेका छन्। पटकथा तथा संवाद अजित लामिछानेकै रहनेछ, भने संगीत जीवनाथ गौतमले तयार पार्नेछन्।
धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने फिल्मका लागि कलाकार छनोट प्रक्रिया सुरु भइसकेको निर्माण पक्षले जानकारी दिएको छ।